News Portal

  • प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा गायक प्रकाश सपुत पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७८
    १३८७ पटक
    १९ मंसिर, २०७८

    काठमाडौं । नेपाली सांगितिक क्षेत्रका ख्याति प्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुत पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिनेसम्बन्धी उनीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
    प्रभु बैंकले गत वर्ष देखि नै र लोकप्रिय गायक तथा कलाकार प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएको हो ।

    प्रतिकृया दिनुहोस्