News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७८
    १०६८ पटक
    १९ मंसिर, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थालाई सहयोग गरेको छ ।
    यसअन्तर्गत बैंकले महिमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल लिट्रेसी’ कार्यक्रम सम्पन्न गरेको छ भने तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ ।
    बैंकले ट्राफिक सचेतनाकाको लागि बोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि २५ हजारको सहयोग गरेको छ भने ईलाका प्रहरी कार्यालयको डेढगाउँमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले १० हजारको आर्थिक सहयोग गरेको छ ।
    यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परी अपाङ्ग अवस्थामा भएका आँधीखोला गाउँपालिका वडा नं ०६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि १ लाख सहयोग गरेको छ ।
    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मसिन बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्