News Portal

  • श्रीमती भानुमती नरसिम्हनको “सीता– अ टेल अफ एन्सिएन्ट लभ स्टोरि” पुस्तक विमोचित

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७८
    ११०३ पटक
    १९ मंसिर, २०७८

    काठमाडौं । लेखिका श्रीमती भानुमती नरसिम्हनको “सिताः अ टेल अफ एन्सिएन्ट लभ” पुस्तक विमोचन सम्पन्न भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगितिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो । लेखिकाको साथै उहाँँ (meditation teacher), इन्टरनेसनल वुमन्स कन्फरेन्स (IWC) को डाइरेक्टर र आर्ट अफ लिभिङको वुमन वेल्फेयर र बाल संस्कार विभाग प्रमुख पनि हुनुहुन्छ । कार्यक्रममा नेपालको प्रथम महिला एवम् महिला अधिकारकर्मी डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यता र सरकारी सेवाका उच्च पदाधिकारीहरु सहित २८० जनाको सहभागिता रहेको थियो ।
    कार्यक्रममा सहभागिहरुले लेखिकासँग सीताको जीवनीबाट सिक्न सकिने नेतृत्व क्षमता सम्बन्धी गहन छलफल गरेका थिए । लंकाको राजा रावणबाट अपहरित भएपछि अशोकवाटिकामा टहल्दै गर्दा सीताको आफ्नै विगतका सम्झनाहरुको सँगालोले पाठकलाई अन्तिमसम्म नै तानेर राख्छ । विभिन्न प्रकाशित पुस्तक तथा उपन्यासहरु, धार्मिक ग्रन्थहरुका कहानीहरु÷किस्साहरु एवम् पुस्तौंदेखि सुन्दै÷सुनाउँदै आएको कहानीहरुलाई समेटेर पुस्तकमा लेखिकाले सरल रुपमा आफ्नो बुझाईहरु प्रस्तुत गर्नुभएको छ । यो पुस्तकमा प्रतिभा कुमारीको १६ वटा आकर्षक इलस्ट्रेटिव चित्रहरु पनि समावेश गरिएको छ ।
    मिथिला क्षेत्रकी प्रिय राजकुमारी सीता भारतीय ईतिहासमा अत्यन्त सम्मानित नारी हुन् । उनको लोकप्रियताको बाबजुद पनि उनलाई कमैले मात्र बुझेका थिए । उनले सत्यलाई आत्मसात गर्दै जीवनको हरेक संघर्षलाई आदर्शको साथ स्वीकारिन् । उनले जीवनमा धेरै त्याग गर्नुपर्यो तर उनी जहाँँ पुगिन् त्यहाँ कहिल्यै केही कुराको कमी भएन । यस्तो लाग्थ्यो उनको जन्म रामकै निम्ति भएको थियो । हरेक परिस्थितिमा रामप्रति सीताको समर्पण र सीताप्रति रामको प्रेम छचल्किन्थ्यो ।
    पुस्तकको बारेमा बोल्दै डा. आरजु राणा देउवाले भन्नुभयो, “महिला अधिकारकर्मीको हैसियतले मैले जहिले पनि सीताको सहनशील र शान्त व्यक्तित्व माथि प्रश्न उठाउने गर्दथेँ तर जब म बुझ्ने भएँ मैले महशुस गरेँ कि उनको शान्त र सहनशील स्वभावमा पनि बहादुरी थियो । आफुमाथि आइपरेको हरेक चुनौतीहरुलाई उनले साहस र बुद्धिमताको साथ सामना गरिन् । रावणजस्तो शक्तिशाली, धनी, पराक्रमी र बुद्धिमानले पनि उनको दृढता, सहनशीलता र साहसलाई जित्न सकेन । कलिलो उमेरमै उनले प्रदर्शन गरेको परिपक्वता र बुद्धिमत्ता सदैव उदाहरणीय छ ।”
    यस पुस्तक पढ्ने जो कोहीले मानव अवतारमा भगवानको दर्शन पाउँछ । पुस्तकले जनकपुरको पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
    कथाशैलीको बारेमा लेखिकाले भन्नुभयो “सीताको जीवनप्रतिको बुझाई जहिले पनि स्वार्थरहित, करुणामय र सत्यवादी थियो । उनको नजरबाट उनकै कथाहरु प्रस्तुत गर्न पाउनु गौरवको कुरा थियो । ज्ञानले मानिसलाई आफ्नो भित्री आत्मासँग जोड्छ । पानीको थोपा जब समुद्रसँग मिल्छ, यो पनि समुद्र नै हुन्छ । सीताले रामसँग मात्र हैन, आफ्नो माता सुनयना र पिता जनकसँग, आफ्नो बहिनी उर्मिलासँग र प्रकृतिसँग पनि नजिकको सम्बन्ध राखेकी थिइन् । उर्मिला पनि कथा पछाडिको उत्तिकै बलियो पात्र हुन् र उनको बहादुरी र सहनशीलता पनि प्रसंशनीय छ ।

    प्रतिकृया दिनुहोस्