काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गर्नुभयो । यस सम्झौतापश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारी साधनहरुसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ । उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको जानकारी गराउनुभयो । त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल सरकार र प्राईभेट सेक्टरको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनको लागि कार्य गर्ने नेपालको एक मात्र संस्था नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा खुशी लागेको र यसको लागि प्रमुख कार्यकारी अधिकृतलगायत पर्यटन बोर्डका सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी उक्त अवसरमा श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरुलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सात वटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दावी भुक्तानीमा विशेष ध्यान दिइरहेको व्यहोरा जानकारी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले गराउनु भयो ।
आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता
आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७८
१९ मंसिर, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक