काठमाडौं । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै एप्ल्पाई गरी १ दिन भित्र ख्ष्चतगब िम्यििबच ऋबचम प्राप्त गर्न सक्नेछन् ।
बैंकले यही मिति २०७८ साल मंसिर १९ गतेदेखि डिजिटल बैंकिङ सेवालाई लाई थप प्रवद्र्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको छ ।
प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन् । ख्क्ष्क्ब् ल्भ्त्ध्इच्प् मा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी विवरण अफडेट गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्क वापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्थासमेत गरेको छ ।
यो सुविधा बैंकका देशभरिका १०५ वटै शाखा कार्यालयहरुबाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइटमार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ । साथै बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवद्र्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ्ग एप सुचारु गरेको थियो ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
हाल यस बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरुमार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ ।
ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवाको सुरुवात
आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७८
१९ मंसिर, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता