News Portal

  • ग्लोबल बैंकको नयाँ एक्सटेन्सन काउण्टर कुश्मामा स्थापना

    आर्थिकसंसार संवाददाता११ भदौ, २०७७
    ८९९ पटक
    ११ भदौ, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औं एक्सटेन्सन काउण्टरको उद्घाटन कोलेनिका पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् ।
    बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्