News Portal

  • कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७८
    ११३९ पटक
    १८ मंसिर, २०७८

    काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखापरेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ ।
    सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमुना पुनःपरीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।
    ‘सीमानाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आए उपचार र परीक्षणका लागि अस्पताल पठाउँदै आएका थियौँ’, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतलगायतका मुलुकमा देखा परेपछि नमूना परीक्षण गर्न केन्द्रीय प्रयोगशालामा पठाइने गरिएको छ ।’
    कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिनका लागि सीमा क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको उनले बताए । जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पीसीआर रिपोर्टसँगै कोरोनाविरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ ।

    प्रतिकृया दिनुहोस्