News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई जनकपुरको होटल सिटिपार्कमा छुट

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७८
    १३२३ पटक
    १७ मंसिर, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।
    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ११४ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्