News Portal

  • एभरेष्ट बैंक र आइएसओएनबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७८
    ८९७ पटक
    १७ मंसिर, २०७८

    काठमाडौं । ग्राहकलाई विशेष छुट दिने विषयमा एभरेष्ट बैंक र आइएसओएन हेल्थकेयरबीच सम्झौता भएको छ ।
    सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।
    उक्त सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका थिए ।
    आइएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरुसँग सहकार्य रहेको अध्यक्ष गुप्ताले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्