News Portal

  • गरिमा विकास बैंकद्वारा ‘गरिमा ऋणपत्र–२०८५’ निष्काशन

    ८.७५ प्रतिशत ब्याज पाइने

    आर्थीकसंसार संवाददाता
    २३५२ पटक

    १६ मंसिर, २०७८
    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि मिति २०७८/०८/१६ गते बिहिबारदेखि प्रति कित्ता १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।
    सोमध्य ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ) भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने छ ।
    गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुष १ गते सम्म हुनेछ । इक्रा नेपालले बैँकलाई ICRANP RI BBB- क्रेडिट रेटिङ प्रदान गरेको छ ।
    लगानी कर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म सि–आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल लि. रहेको छ । ऋणपत्र सम्बन्धि विस्तृत जानकारी विकास बैंकको वेबसाईटमा हेर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्