काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सूचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ इतिहासमै पहिलोपटक प्राप्त भएको पुरस्कार हो । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया–२०२१’ अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।
एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो । यो सँगसँगै एनएमबिले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।
बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट ग्रहण गर्नुभयो । उपाधिका लागि बैंकलाई बधाई दिँदै सम्माननीय प्रधानमन्त्रीले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताउनुभयो ।
सन् २००० मा स्थापित“बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया, अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।
बैंकको बृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू र प्रतिकुल परिस्थितिको सामना गर्ने क्षमताजस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धताजस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको हो । बैंकले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको छ ।
बैंकको विकास प्रक्षेपणमा पनि उल्लेखनीय बृद्धि भएको छ जुन बैंकको लगातार वृद्धि भइरहेको ब्यालेन्स सिटले पुष्टि गर्छ । परम्परागत बैंकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋणपत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएमबि सापटी’मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्नेजस्ता नवीनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ । यसको साथै बैँक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (Partnership for Carbon Accounting Financials) को समिती सदस्य र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज ( Global Alliance for Banking on Values (GABV)) सदस्य बैंक पनि हो । बैंकको देशभरी २०१ शाखाहरु छन् जसले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्दछन् ।
एनएमबि बैंक “बैंक अफदिइयर एसिया २०२१” र “बैंक अफदिइयर २०२१” अवार्ड विजेता
आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७८
१६ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन