News Portal

  • लक्ष्मी बैंकले पुस ८ गते साधारणसभा गर्ने

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
    ११९७ पटक
    १५ मंसिर, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस ८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो २१औं वार्षिक साधारणसभा बोलाएको हो ।
    सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ११.५ प्रतिशत (८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    प्रतिकृया दिनुहोस्