News Portal

  • ‘नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
    ११६३ पटक
    १५ मंसिर, २०७८

    काठमाडौं । नबिल बैंकको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ ।
    बुधबार बैंक र नेप्सेबीच चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल २२ लाख ७ हजार १०८ थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो ।
    सूचीकरणको लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।
    बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत बिक्रीका लागि साउन १० गते आह्वान गरी साउन ३१ गतेमा बाँडफाँड गरेको थियो । सूचीकृत डिबेन्चरको दोस्रो बजारको कारोबार भोलि (मंसिर १६) देखिबाट नेप्सेमा सुरु हुनेछ । ७ वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साल साउन ३० गते हुनेछ ।
    साथै, नबिल बैंकले यस डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्नेलगायतका रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्