News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा पाँडे नै बन्ने

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
    ८२० पटक
    १५ मंसिर, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा सर्वसहमति भएको छ । बैंकले ३५औं वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट पुरानै सञ्चालकहरुलाई निरन्तरता दिने भएको हो ।
    बैंकको सञ्चालक समितिको बैठकले मंसिर १७ गते हुँदैछ । साधारणसभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने अजेण्डा छ ।
    हालको सञ्चालक समतिमा भएका चार जना संस्थापक सेयरधनीले नै सञ्चालकका लागि दावी पेश गरेका छन् । अरु सेयरधनीबाट उम्मेदवारी परेको छैन । उम्मेदवारहरुको अन्तिम नामावली आजै सार्वजनिक गर्ने बैंकले जनाएको छ ।
    संस्थापक सेयरधनीको तर्फबाट हाल सञ्चालकमा रहेका अध्यक्ष पृथ्वीबहादुर पाँडे, सञ्चालकहरु प्रजन्यराज भण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ र रविकुमार तिव्रेवालाले उम्मेदवारी दिएका छन् ।
    बैंकले मंसिर १२ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने, १३ गते उम्मेदवारीको नाम उपर दावी विरोधमा उजुरी दिने, मंसिर १४ गते अर्थात हिजो उम्मेदवारको नाम फिर्ता लिने समय तालिका थियो ।
    चारै जनाको उम्मेदवारीलाई १७ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ । बैंकको अध्यक्ष फेरी पनि पृथ्वीबहादुर पाँडे नै हुने सम्भावना रहेको छ । उनी बैंक स्थापनाकालदेखि नै अध्यक्षको जिम्मेवारीमा छन् ।

    प्रतिकृया दिनुहोस्