काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित टीकापुर नगरपालिका–१, जमरापारीमा २०७८ साल मंसिर १४ गते मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पूर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ ।
टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदूरपश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवासमेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।
यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५००० भन्दा बढी POS Terminals संख्या पुगेको समेत प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हिमालयन बैंकले टीकापुरमा नयाँ शाखा सञ्चालन
आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
१५ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन