आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७८
१४ मंसिर, २०७८काठमाडौं । हिमालयन बैंकले कैलाली जिल्लास्थित टीकापुर नगरपालिकाको जमरापारीमा शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारबाट सञ्चालनमा आएको उक्त शाखाबाट सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदूरपश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवासमेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।
यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ र ५००० भन्दा बढी पिओएस टर्मिनलस संख्या पुगेको छ ।