News Portal

  • कामना सेवाको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको उद्घाटन

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७८
    ९२६ पटक
    १४ मंसिर, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलको वडा नं. ६ मा शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।
    बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले आज एक समारोहकाबीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।
    ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित कार्यालयको पुनर्निर्माण गरिएको बैंकले जनाएको छ ।
    बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

    प्रतिकृया दिनुहोस्