News Portal

  • सिभिल लघुवित्तको हकप्रद शेयर भर्ने म्याद थप

    आर्थीकसंसार संवाददाता११ भदौ, २०७७
    ८१६ पटक
    ११ भदौ, २०७७

    काठमाडौं । सिभिल लघुवित्तको हकप्रद शेयर भर्ने म्याद थप गरेको छ । सिभिल लघुवित्त वित्तीय संस्थाले साउन २५ गते आइतबारबाट निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने म्याद थपिएको छ । यसअघि संस्थाले भाद्र १४ गते आइतबारसम्म भनिएकोमा अब भाद्र २९ गते सोमबारसम्म पुर्याइएको संस्थाले एक सूचना जारी गर्दै बताएको छ ।
    लघुवित्तले हाल कायम चुक्ता पुँजीको एक बराबर एकको १ः१ को अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । लघुवित्तले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि असार १५ गते, सोमबार एक दिनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । त्यसैले, असार १४ गते आइतबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
    उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेको छ ।
    लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्