News Portal

  • ग्लोबल आइएमई लघुवित्तद्वारा मर्जर समिति गठन

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७७
    ७०५ पटक
    १० भदौ, २०७७

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । संस्थाले अन्य लघुवित्तसँग मर्जर तथा प्राप्तिका लागि उपयुक्त संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि उक्त समिति गठन गरेको संस्थाले जनाएको छ ।
    मर्जर समितिको संयोजक सञ्चालकमा शुसोभन देवकोटा रहेका छन् भने सदस्य सञ्चालकमा अनिमेश हलवाई र सदस्य सचिवमा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी रहेको संस्थाले जानकारी दिएको छ ।
    हालसम्म संस्थाले ४६ वटा जिल्लामा ६८ वटा शाखा कार्यालयमार्फत ९३००० हजार ग्राहक सदस्यलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्