News Portal

  • हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको तिलोत्तममा सञ्चालन

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७८
    ११९० पटक
    १२ मंसिर, २०७८

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोक, मणिग्राममा २०७८ साल मंसिर १० गते शुक्रबारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पूर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्कङ सुविधाहरु उपलब्ध गराउनेछन् । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५००० भन्दा बढी पीओएस टर्मिनल्स संख्या पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्