News Portal

  • ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७८
    ९७१ पटक
    ९ मंसिर, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५.५ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँको ११ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन् । प्रस्तावित बोनश शेयर ४२ करोड २९ लाख रुपैयाँ वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्