News Portal

  • गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७८
    ७५० पटक
    ७ मंसिर, २०७८

    काठमाडौं । ‘एक्स्स टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक आज (मंसिर ७ गते) आफ्नो स्थापनाकालको १४औं वर्ष पेरा गरी १५औं वर्षमा प्रवेश गरेको छ ।


    बैंकले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम र नयाँ शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ ।
    बैंकले केन्द्रीय कार्यालय– लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ ।
    यस्तै निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । बैंकले पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरेको हो । यससँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।
    नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै ६७.१६ अर्ब निक्षेप संकलन र ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।
    करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरुमार्फत ग्राहक माझ सञ्चालनमा रहेको यस विकास बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा सन्तोषजनक प्रगति गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्