News Portal

  • सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्नेलाई बोनस र स्मार्टफोन

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७८
    ७३७ पटक
    ७ मंसिर, २०७८

    काठमाडौं । सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्ने जो कोहीले १०० रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् । साथै यसमध्ये एकजना प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्ने छन् ।
    यो बोनस अफर पहिलोपटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
    यसका साथै प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्ने, प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।
    कम्पनीको अनुसार यो अफर मंसिर ३ देखि ४ पुषसम्म खल्तीसँग सेन्चुरी बैंक लिंक गर्ने जो कोहीलाई लागु हुनेछ ।

    प्रतिकृया दिनुहोस्