News Portal

  • सिटिजन्स बैंकको कमलादीबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०७८
    ५४४ पटक
    ६ मंसिर, २०७८

    काठमाडौं । सिटिजन्स बैंकले कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ । सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादीमा प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको हो ।
    ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
    यसअघि नारायणहिटी पथमा रहेको प्रधान कार्यालयको प्रिभिलेज काउन्टरबाट बैंकले आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ११३ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्