News Portal

  • फोटो प्रिन्ट नेपाल वानेश्वरमा सञ्चालनमा 

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७८
    ८६८ पटक
    ५ कार्तिक, २०७८
    काठमाडौं । विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरि रहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याव तथा स्टुडियो सञ्चालनमा ल्याएका छन ।
    नयाँबानेश्वर मिनभवन मेनसडकमा रहेको फोटो ल्यावले विश्व स्तरिय गुणस्तरको फोटो नेपालमा नै सेवा प्रदान गर्ने उदेश्यले ल्याव स्थापना भएको सञ्चालक पाण्डेले जानकारी दिए ।
    विगत लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव संगाली सकेका पाण्डेले ग्राहको सेवालाई ध्यान दिएर अनलाइन फोटो प्रिन्टल्यावको सुविधा र होम डेलिभरिको सेवा समेत रहेको वताए ।
    उनले भने, ‘जीवनमा मेलै जानेको यहि हो यसैलाई मुर्त रुप दिन एकल लगानीमा यो कार्य थालनी गरेको हुँ । फोटो मै काम गरेको ३० वर्ष पुगेको छ । अब आफ्नै लगानीमा फाटो प्रिन्ट गर्ने ठाँउ सञ्चालनमा ल्याएको हुँ । उच्चस्तरीय फोटो प्रिन्टको काम गर्ने बताउदै पाण्डेले बढिमा ४४/११७० इन्च सम्मको फोटो प्रिन्ट गर्न मिल्ने जानकारी दिए । फोटो प्रिन्टको कामकै सिलसिलामा पाण्डे विश्वका ५६ देश पुगि सकेका पाण्डेले यसअघि विभिन्न ५ वटा सम्म फोटो प्रिन्ट पसलमा लगानी गरेको भएपनि यो भने व्याक्तिगत एकल लगानीमा सञ्चालनमा ल्याएका हुन ।

    प्रतिकृया दिनुहोस्