News Portal

  • शिखर इन्स्योरेन्स १८औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०७८
    ९५४ पटक
    ३ मंसिर, २०७८

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो ।
    कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा अवधि पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । यसका साथै कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।
    सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजी भएको शिखर इन्स्योरेन्स आज १७५ करोडको चुक्ता पुँजी रहेको छ । शिखर इन्स्योरेन्स आ.व. २०७७/०७८ मा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल भएको थियो ।
    यसले उपत्यकाभित्र १६ र उपत्यका बाहिर ७६ सहित कुल ९२ वटा शाखा कार्यालयमार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्