News Portal

  • कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०७८
    १२९५ पटक
    २ मंसिर, २०७८

    काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी कार्तिक १२ गतेको मन्त्रीस्तरको निर्णयअनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
    बैंकको संस्थापक सेयरधनी अर्थमन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक सदस्यमा नियुक्त गरेको हो ।
    सञ्चालक दुवाडीले गत कार्तिक २९ गते नै पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्