News Portal

  • नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट’ ल्यायो

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०७८
    १४२४ पटक
    २ मंसिर, २०७८

    काठमाडौं । नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट’ सञ्चालनमा ल्याएको छ । यो खाता मासिक रुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
    यस खातामा व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा रहेको बैंकले जनाएको छ ।
    बैंकको अनुसार यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ । यस खातामा ग्राहकहरुलाई कुनै पनि न्यूनतम रकमको सिमा नतोकिएको र यस योजनाअन्तर्गत तीन महिना वा बढी अवधिका लागि ग्राहकहरुले खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।
    सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्