News Portal

  • क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०७८
    १२३३ पटक
    २ मंसिर, २०७८

    काठमाडौं । क्षति मूल्याङ्कनकर्ताको तालिम विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ ।
    बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस कम्पनीको लागि तोकिएका जिल्लाहरु: सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागीहरुलाई एकै स्थानमा समावेश गरी मिति २०७८ कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भयो । उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । क्षति मूल्याङ्कनकर्ताको तालिमपश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरी दाबी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिईएको नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्