News Portal

  • अपर स्याङ्गे हाईड्रोपावरले आईपीओ निष्काशनका लागि नियुक्त शेयर प्रत्याभूतिकर्ता नियुक्त

    आर्थीकसंसार संवाददाता१ मंसिर, २०७८
    ११४३ पटक
    १ मंसिर, २०७८

    काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । प्रत्याभूतिकर्ता नियुक्तसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बीरबहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।
    कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा.–४, स्याङ्गेनदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतिको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बीरबहादुर घलेले जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस्