
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको म्यादी जीवन बीमाको बीमा शुल्कको भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने भएको छ । कम्पनीले यस सेवा गतवर्षदेखि दिँदै आएको छ ।
नेपालीहरु व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको लागी जाँदा गरिने म्यादी जीवन बीमा वापतको बीमा शुल्क बुझाउने सुविधा र सो सुविधालाई थप विस्तार गर्दै म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमा शुल्क भुक्तानी खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने भएको हो ।
सुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको कम्पनीले खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने यस व्यवस्था सुचारु गरेको हो ।
बीमालेख जारी गर्न खल्तीको वेबसाईट वामोबाईल एपबाट Popular Government Services मा गई DOFE Insurance छानेर DOFE Insurance (Manpower) वा DOFE Insurance (Individual) रोजेर बिवरणहरु भरी जारी गर्न सकिनेछ ।
कम्पनीले सुचारु गरेको यस सेवामार्फत सेवाग्राहीले काउन्टरमा गई बीमा शुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीले जनाएको छ ।