News Portal

  • एशियन लाइफको बम्पर लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७८
    १०५७ पटक
    ३० कार्तिक, २०७८

    काठमाडौं । एशियन लाइफले २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगदसहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।
    कम्पनीले गत साउन ३१ गते सम्पन्न गर्ने १२औं साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश दिएको थिएन । यसपटक भने आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट एकै पटक २७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
    हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बोनश शेयर अर्थात ५० करोड २६ लाख रुपैयाँ बोनश शेयर वितरणपछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । सञ्चालक समितिले प्रस्ताव गरेको बोनश शेयर र लाभांश बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

    प्रतिकृया दिनुहोस्