काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे छैठौं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ ।
साधारण सभाले आ.व. २०७७÷०७८ मा १० प्रतिशत नगद लाभांश सहित वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ ।
साधारणसभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने बताउनु भएको छ । मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापुँजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको बताउनुभयो ।
साधारणसभामा आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका सञ्चालकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, पवन रेग्मी, केशबप्रसाद लम्साल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, शेयरधनीका तर्फबाट प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, बैंकका कम्पनी सचिव भोलानाथ पौडेल, कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार कल्पना कुमारी बर्तौला, बाह्य लेखापरीक्षक सिए सुजन सुवेदी, आन्तरिक लेखापरीक्षक सिए एकराज सिग्देललगायत मर्चेन्ट बैंकिङ्गका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । साधारण सभालाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।
आरबिबि मर्चेन्ट बैंकिङ्गको छैठौं वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७८
३० कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन