News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दमक र नारायणपुरमा

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०७८
    ८७० पटक
    २९ कार्तिक, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक नगरपालिका–६ र दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोबार सुरु गरेको हो ।
    दमक र नारायणपुर शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।
    बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्