News Portal

  • शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न साहस ऊर्जाको आग्रह

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०७८
    ११५८ पटक
    २९ कार्तिक, २०७८

    काठमाडौं । साहस ऊर्जा लिमिटेडले आफ्ना शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको छ । आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गरेको शेयर अभौतिकीकरण गर्न बाँकी रहेका संस्थापक शेयरधनीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयरधनी अभौतिकीकरण गर्न आग्रह गरेको हो ।
    संस्थापक शेयरधनीको हकमा भने शेयरधनीले आफ्नो सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी लक इन पिरियडसहितको डिआरएनमार्फत सहज तरिकाबाट अभौतिकीकरण गर्नसक्ने कम्पनीले सोही सूचनामा उल्लेख गरेको छ ।
    आयोजना प्रभावित क्षेत्रका बासिन्दाका हकमा कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट काठमाडौं वा शाखा कार्यालयहरु पुतलिसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर बीरगञ्ज, ट्राफिकचोक बटवल र गोल्छाचोक विराटनगरमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नं अद्यावधिक गरिसकेपछि मात्र आफ्नो शेयर हितग्राही खातामा प्राप्त हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्