आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७८
२८ कार्तिक, २०७८काठमाडौं । कामना सेवाका अध्यक्ष सुदिप आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (कार्तिक २८ गते) नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव के गभर्नर महाप्रसाद अधिकारीबाट अर्काे कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।
आचार्यले अर्को कार्यकालको लागि निरन्तरता पाएका हुन् । गत कार्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।
उक्त समारोहमा बैंकका निर्देशक विश्वश्वर सुवेदी, सिइओ प्रविण बस्नेत, कार्यकारी डिसिओ हरि लम्सालको उपस्थिति रहेको थियो ।