News Portal

  • माछापुच्छ्रे बैकले बिना कार्ड एटिएमबाट पैसा झिक्ने सुविधा सुरु

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७८
    १३६३ पटक
    २८ कार्तिक, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
    यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गई बैंकको एटिएमहरुबाट नगद झिक्न सक्नेछन् ।
    यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्