काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ती गरेको छ । आज मिति २०७८ कार्तिक २८ गते आइतबारको दिन काठमाडौ जिल्ला काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडमा सर्लाही जिल्ला मलंगवा–९ मा केन्द्रीय कार्यालय रहेको साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको छ । प्राप्तिपश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी ३,९४,८१,८३,१०५।०८ (अक्षरेपी तीन अर्ब चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच र आठ पैसा मात्र) पुग्ने छ । प्राप्तिपश्चात विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ ।
प्राप्तिप्रश्चात बैंकले शेयरधनी, सेवाग्राही, कर्मचारीलगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक बृद्धि भई समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ ।
आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकीकृत कारोबार शुभारम्भ समारोह प्रदेश २ महिला बालबालिका एवं युवा तथा खेलकुद मन्त्री माननीय वीरेन्द्र प्रसाद सिंहबाट समुद्घाटन भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उपस्थित सम्पूर्णमा स्वागत गर्नुभएको थियो भने संचालक डा. आनन्दप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साविक सहारा विकास बैंक लिमिटेडका अध्यक्ष सुगन्धकुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवालालगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
अन्त्यमा हामीलाई विश्वास गर्नुहुने सम्पूर्ण सेवाग्राही तथा शेयरधनी महानुभावहरु, हामीलाई निरन्तर सहयोग उपलब्ध गराउने नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लिमिटेडलगायतका नियामक निकायहरु, बैकका हितमा अहोरात्र खटिरहने कर्मचारीहरु बैंकले प्रवाह गर्ने सेवा तथा सुविधाहरु जनता समक्ष पुर्याई निरन्तर सहयोग पुर्याउने पत्रकार मित्रहरु तथा मैत्रीपूर्ण प्रतिष्पर्धा गरिरहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुप्रति विगतमा जस्तै सहयोग तथा शुभेच्छाको कामना गर्दै हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।
गरिमा विकास बैंकमा सहारा विकास बैंक प्राप्ति भई एकीकृत कारोबार शुभारम्भ
आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७८
२८ कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने
- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण