News Portal

  • आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७८
    ८५४ पटक
    २७ कार्तिक, २०७८

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका–१०, निबासी गजेन्द्र तामाङको परिवारलाई ५ लाख २६ हजार ७ सय ६० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
    स्व. तामाङको कोरोना भाइरस संक्रमणको कारण धनकुटा जिल्ला अस्पतालमा उपचारको सिलसिलामा गत साउन २० गते असामयिक निधन भएको थियो। कम्पनीले उक्त दाबि भुक्तानी चेक बीमित स्व. गजेन्द्र तामाङको धर्मपत्नी श्रीमती रिता तामाङलाई स्थानीय जनप्रतिनिधि, अभिकर्ता र बीमितहरुको उपस्थितिमा म्याङ्लुङ न.पा.को नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फे र बिराटचोक शाखा प्रमुख यामनाथ दाहालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रममा नगर प्रमुख तुम्बाहाम्फेद्वारा जीवन बिमा गर्नु अपरिहार्य रहेको र यसले बिमितको मृत्यु भएको खण्डमा निजको परिवारलाई बुढेसकालमा लठ्ठीले सहारा दिएजस्तै बीमाले पनि सहारा दिने धारणा राखे ।
    त्यसैगरी स्व. तामाङको धर्मपत्निद्वारा बिना झन्झट, सरल र सहज रुपमा मृत्यु दाबी दिएको भन्दै आइएमई लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिइन र प्राप्त रकमलाई छोरीहरुको शिक्षा र उन्नत भविष्यको लागि लगानी गर्ने बताइन् ।

    प्रतिकृया दिनुहोस्