काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्वअन्तर्गत रुपन्देही जिल्लाको बुटवलस्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमा बैंकका सञ्चालक समिति सदस्य भीमप्रसाद तुलाचन, बैंकका पूर्वसञ्चालक तथा लुम्बिनी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, बैंकका पूर्वसञ्चालकहरु तथा सस्थापक सेयरधनीहरु, बैंकका क्षेत्रीय प्रबन्धकलगायत कर्मचारीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरी १५औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।
बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र बैंकका पूर्व सञ्चालक तजा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले संयुक्त रुपमा पानसमा बत्तिवालि कार्यक्रमको उद्घाटन गरे ।
तुलाचनले बैकंको वर्तमान अवस्था र भावी रणनीतिको बारेमा धारणा राखेका थिए । बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरुबाट सप्ताहव्यापी रुपमा बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ ।
बैंक्ले रक्तदान, बृक्षारोपण, सार्वजनिक स्थल सरसफाई तथा जनचेताना, विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, विपन्न बर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण, वालमन्दिरका बालबच्चाहरुलाई फलफूल वितरण, अनाथ आश्रममा आश्रितलाई स्वास्थ सामग्री वितरण, प्रहरी कार्यालयमा यूरो फिल्टर वितरण सार्वजनिक स्थलहरुमा डस्टविन वितरण जस्ता कार्यहरु गरेर बैंकको १५औं वार्षिक उत्सव मनाएको बैंकका क्षेत्रीय प्रबन्धक मोहनदत्त खनालले जानकारी दिए ।
कामना सेवा बैंकको बुटल क्षेत्रीय कार्यालयले रक्तदान कार्यक्रम
आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७८
२७ कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी