News Portal

  • हिमालयन रि इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
    १४०० पटक
    २६ कार्तिक, २०७८

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ ।
    साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने, २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसूचीहरुसहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
    त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
    त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्योजन र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृति गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्