News Portal

  • माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न

    माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
    १३१२ पटक
    २६ कार्तिक, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा मिति २०७८ साल कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।
    यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक बर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।
    उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ती अनुमोदन गरिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित छ ।
    स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे  बैंक आफ्ना १६२ वटा शाखाहरुलगायत १५४ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा ३१६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरुमार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्