काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र एनसिएचएलबीच कार्तिक २३ गते सो सम्झौता भएको हो ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बैंक तथा क्लियरिङ्ग हाउसका अन्य कार्यकारीहरुको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकाले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको जनाएको छ ।
ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीचमार्फत एनसिएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ ।
नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई सञ्चालनमा आएको उक्त नेपालपे क्युआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकाले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । यस प्रणालीमा आवद्ध भएपश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।
हिमालयन बैंकद्वारा नेपाल पे क्यू आर सुविधा सुरु
आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
२६ कार्तिक, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट