News Portal

  • एनएमबि बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७७
    ४०६ पटक
    १० भदौ, २०७७

    काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १० गते देखि लागु हुने गरी कर्जा र निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले एक सूचना जारी गर्दै निक्षेपतर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै मुद्दती निक्षेपतर्फ बैंकले ७ दशमलव २५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । त्यस्तै बैंकले कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले १० दशमलव ७५ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्षको लागि र ८ दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा २ वर्षको लागि घर कर्जा दिने बताएको छ ।

    प्रतिकृया दिनुहोस्