काठमाडौं । दोस्रो बजारमा प्रभु बैंकको सेयर कारोबार रोक्का भएको छ । गत मंगलबार (कार्तिक २३ गते) मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको बैंकको आज कार्तिक २५ गतेको सेयर कारोबार रोक्का भएको हो ।
सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जले बैंकले कारोबार भइरहेको समयमा लाभांशको निर्णय गरेको भन्दै सेयर कारोबार रोकेको हो । बैंकले गत कार्तिक २३ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालक समितिको बैठक बसी लाभांशको निर्णय गरेको थियो ।
नेप्सेले बैंकलाई के कारणले कारोबारको समयमा सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा गरेको भन्ने विषयमा ७ दिने स्पष्टिकरण सोधेको छ । त्यस्तै, अब बैंकले नेप्सेको निर्देशन अनुसार कार्तिक २५ गतेको ७ दिनभित्रमा उक्त प्रश्नको जवाफसहितको स्पष्टीकरण पेश गर्नुपर्ने छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश हो ।
प्रभु बैंकको सेयर कारोबार रोक्का
आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
२५ कार्तिक, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम