News Portal

  • इन्भेष्टमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
    ७४४ पटक
    २५ कार्तिक, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो ।
    सभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।
    त्यस्तै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गराउनेसमेत प्रस्ताव रहेको छ ।

    प्रतिकृया दिनुहोस्