News Portal

  • बीओकेका ग्राहकलाई एपोलो पोलि क्लिनिकमा छुट

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
    १९२७ पटक
    २५ कार्तिक, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डू र एपोलो पोलि क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने गराउने सम्झौता भएको छ ।
    बैंक र क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतसम्म छुट दिने गराउने सम्झौता भएको हो ।
    यस सम्झौतापश्चात बैंक अफ काठमाण्डू ग्राहकले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरुमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
    एपोलो पोलि क्लिनिकले काठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
    बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्