News Portal

  • सिटिजन्स बैंकका ग्राहकले सोवा हेल्थकेयरमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
    ९४० पटक
    २५ कार्तिक, २०७८

    काठमाडौं । सिटिजन्स बैंक र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन् ।
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ११२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्