News Portal

  • लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
    ७२५ पटक
    २५ कार्तिक, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ४६ हजार १०९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको ४६ हजार १०९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको एक सूचना जारी गर्दै जनाएको छ ।
    उक्त शेयरको मूल्य भने तोकिएको छैन । कम्पनीले गत असोज १८ गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्न लागेको हो ।
    उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवश्यक कागजात तथा अन्य विवरण खुलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्