News Portal

  • नबिल बैंक र सहजबीच प्रदेश १ को कृषि उद्यमलाई प्रवद्र्धन गर्न सम्झौता

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७८
    ११४६ पटक
    २४ कार्तिक, २०७८

    काठमाडौं । नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवद्र्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ ।
    नबिल बैंकले स्वीस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण बृद्धि गरी कृषि उद्यम प्रवद्र्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने सम्झौता गरिएको जनाएको छ ।
    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्वीस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    सम्झौतापश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकले सदैब वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै आएको बताएका थिए । उनले कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताए ।
    त्यस्तै, स्वीस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्वीस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए ।
    नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै प्रदेश १ मा कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो ।
    सो सम्झौताअन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुविधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी/व्यवसायीहरुको वास्तविक आवश्कता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने अपेक्षा गरेको छ । यस्तैगरी, बैंकको दिर्घकालीन लक्ष्य ‘समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा’ प्राप्तिलाई सहजसँगको साझेदारीले थप उचाईमा पुर्याउनेमा विश्वास रहेको जनाएको छ ।
    बैंकले देशभर १३५ वटा शाखा, १८८ एटिएम, ७ एक्सटेन्सन काउन्ट र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्